पोखरा २२ उल्लेरीमा सेभेन ए साइड हुने

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २२ उल्लेरीमा “उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७८” हुने भएको छ ।

स्थानिय उल्लेरी क्लवको आयोजनामा २०७८ साल मंसिर २२ देखि २५ गतेसम्म उल्लेरीस्थित ब्याडचौरमा उक्त प्रतियोगिता हुने भएको क्लवले प्रत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराएको हो । प्रतियोगिता बारे जानकारी गराउँदै क्लवका अध्यक्ष जीवन गुरुङले प्रतियोगितामा कास्की र छिमेकी जिल्ला स्याङ्जा गरी करिव २२ टिमको सहभागिता हुने जानकारी दिए ।

क्लबले राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले उल्लेरीमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिताका उपाधि विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार र तेस्रो हुने टिमले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् भने यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकीपरलाई ट्रफी तथा खेलकुद सामग्री पुरस्कार स्वरुप प्रदान गरिने प्रतियोगिताका संयोजक याम गुरुङ (बुद्धिमान)ले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामीण पर्यटनसँगै समग्र पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पु¥याउने प्रतियोगिताको अर्को उद्देश्य रहेको जानकार दिंदै क्लवका सचिव सुजन पौडेलले प्रतियोगिता सफल बनाउन सवै संग आग्रह गरे । कार्यक्रममा अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close