राखेपका पूर्व सदस्य सचिव राणाको निधन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ ।

राणाको ८५ वर्षको उमेर काठमाडौं बत्तिसपुतली स्थित निवासमा शुक्रबार राती बजे निधन भएको हो । उनी मृगौलाको नियमित डायलासिस गराइरहेका थिए ।

खेलकुदका विभिन्न पदमा रहेका राणा दुई पटक (२०५१/५२ र ०५४/५५) राखेप सदस्य सचिव बनेका थिए भने लामो समय एनओसीको नेतृत्वमा रहेका थिए । सन् १९९२ देखि १९९६ सम्म एनओसी महासचिव रहेका राणा १९९८ देखि २००७ सम्म अध्यक्ष रहेका थिए ।

एनओसीका मानार्थ अध्यक्ष समेत रहेका राणा नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ, नेपाल एथलेटिक्स संघका अध्यक्ष रहेका थिए । नेपाल कांग्रेसका नेता सुवर्ण शमशेर राणाका छोरा रुक्म शमशेर भारतका लागि पूर्व राजदुत पनि हुन् । राणाका श्रीमती र एक छोरी छन् । उनको शनिवार अन्त्येष्टि गर्ने भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close