च्याम्पियन्स लिगको प्लेअफ ड्र: रियल म्याड्रिडको प्रतिद्वन्दी बेनिफिका

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ मा पुग्नु अघि हुने प्लेअफको ड्र सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न ड्र मा प्लेअफमा पीएसजीले मोनाकोको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले बेनिफिका, न्यूक्यासलले क्वाराबाग, इन्टर मिलान बोडो, युभेन्टसले गालाटासारे, एटलान्टाले बोरुसिया ड्रोटमण्ड, एटलेटिको म्याड्रिडले क्लब ब्रुगे र बायर लिभरकुसेनले ओलम्पियाकोसको सामना गर्ने भएको छ ।

अब प्लेअफका खेलहरु होम एण्ड अवेका आधारमा खेलिने छन् । जस अनुसार फेब्रुअरी १७-१८ मा पहिलो लिग र फेब्रुअरी २४-२५ मा दोस्रो लिग खेलिने छ । त्यसपछि  फेब्रुअरी १७ मा राउण्ड १६ को ड्र हुने छ ।

यसअघि लिग चरणमा शिर्ष स्थानमा रहेका ८ क्लब राउण्ड १६ मा पुगिसकेका छन् । जसअनुसार आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटनह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी राउण्ड १६ मा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close