पोखराका खेलाडीहरुलाई दोश्रो चरणको खोप शुक्रबार

पोखरा स्पोर्टस । पोखराका खेलाडीहरुलाई दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप शुक्रबार दिइने भएको छ ।

गत साउन २९ गते पहिलो चरणको खोप दिइएको खेलाडीलाई दोश्रो चरणको खोप शुक्रबार दिइने भएको हो । राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद (राखेप), जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद विकास समितीको पहलमा खेलाडीलाई करिव ४ सय खोप वितरण गरिएको राखेप सदस्य राजेश कुमार गुरुङले जानकारी दिए ।

दोश्रो चरणको खोपका लागि सम्पुर्ण तयारी पुरा गरिएको पोखरा महानगर खेलकुद विकास समितीका सदस्य सचिव सुभाष खड्काले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close