‘कोभिड पछिको ह्याण्डबल’ विषयक अन्तर्क्रिया सम्पन्न

पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघले एक विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय ह्याण्डबल दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) को ७५ औं स्थापना दिवसको अवसरमा कोभिड पछिको ह्याण्डबल खेल विषयमा संघले एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । भर्चुअल माध्यम बाट भएको कार्यक्रममा देश भरि बाट ह्याण्डबल खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीहरु गरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको आह्वानमा प्रत्येक वर्ष विश्वभरी मनाइने उक्त दिवसमा विविध कार्यक्रमहरु सञ्चालन हुने गरेको भए पनि कोभिड १९ पछि भने भर्चुअल माध्यम बाट आयोजना गरिएको संघका महासचिव सन्देश रेग्मीले बताए । उनले भने–“अहिले पनि खेलकुद कार्यक्रम गर्नका लागि सहज वातावरण छैन, हाम्रा खेलाडीहरु १३ औं दक्षिण एशियाली खेलकुद (साग) पछि मैदान बाहिर नै छन ।”

संघका कार्यबाहक अध्यक्ष राम कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहालले कोभिड पछि अन्तर्राष्ट्रिय रुपमा नै खेलकुद क्षेत्र नराम्रो संग प्रभावित भएको बताए । उनले खेलाडीलाई मैदानमा ल्याउने संगै आसन्न नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पनि खेलाडी र प्रशिक्षकलाई कोभिड विरुद्धको खोप अपरिहार्य भएको बताए । उनले भने–“कोभिडको सक्रमण अवस्था कम नभएकोले अझै पनि पर्ख र हेरको अवस्थामा प्रशिक्षकहरु  छन, हामी शुरक्षित वातावरणमा प्रशिक्षणको तयारी भने गर्नै पर्ने हुन्छ ।” कार्यक्रममा संघका उपाध्यक्ष द्वय जयन्त शर्मा र जिवन बस्नेतले समेत कोभिड महामारीमा आफू शुरक्षित रहँदै समाजलाई समेत शुरक्षित बनाउने तर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close