काभाको कोषाध्यक्षमा दोहोरिए चन्द, साउथ एसिया काभाको समेत उपाध्यक्षको जिम्मेवारी

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय खेल भलिबलको नेतृत्वदायी संस्था नेपाल भलिबल संघका अध्यक्ष जितेन्द् बहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा)को कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् भने दक्षिण एसियाली काभा उपाध्यक्षको जिम्मेवारीमा समेत प्राप्त गरेका छन् ।

दुई दिन देखि थाइल्याण्डको राजधानी बैंककमा जारी काभाको चुनाबी साधारण सभाले अध्यक्ष चन्दलाई निर्विरोध कोषाध्यक्षमा निर्वाचित गरेको हो भने यो संगै साधारण सभाले उनलाई दक्षिण एसियाली काभाको उपाध्यक्षको जिम्मेवारी समेत सुम्पिएको छ । उनी सन २०२८ सम्म आगामी चार वर्षका लागि उक्त पदमा बहाल हुनेछन् ।

यस अघि अध्यक्ष चन्द चार वर्ष अघि काभाको कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए । बैंककमा रहेका चन्दले पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष चन्दले काभाको चुनावी साधारण सभाले आफूलाई निर्विरोध निर्वाचित गरेको बताए । उनले भने–“म कोषाध्यक्षमा मात्रै निर्वाचित गरेको छैन । काभाले मलाई दोहोरो जिम्मेवारी सुम्पिएको छ । यो नेपालका लागि खुसी संगै अवसरको कुरा हो ।”

काभाद्वारा प्राप्त दुबै पदिय जिम्मेवारीलाई आफूले गहनरुपमा निभाउने अध्यक्ष चन्दले बताएका छन् । “यो नेपालले पाएको राम्रो सफलता हो । काभा जस्तो महत्वपूर्ण प्लेटफर्ममा नेपालले अवसर पाए संगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजनाका लागि समेत ढोका खुलेको छ । विश्व भलिबलको आँखा अव नेपालमा तान्नु छ । जसका कारण हामीले अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गर्न सक्नेछौं”–उनले भने–“यो जितको खुसीको श्रेय नेपाली भलिबल खेलाडी, आम भलिबल खेलप्रेमी, रेफ्रि, प्रशिक्षक सबैलाई बाँडन चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close