पोखरा स्पोर्टस । रोइङ्ग संघ नेपालको पर्नगठन गरिएको छ । केही नयाँ अनुहार सहित संघ पुर्नगठन गरिएको हो ।
पुर्नगठित रोइङ्ग संघको अध्यक्षमा ठाकुर प्रसाद गैरे यथावत कायम नै रहेका छन । भेलाले संघको महासचिवमा सम्पन्न श्रेष्ठलाई चयन गरेको छ । महासचिव श्रेष्ठ राखेपका सदस्य समेत हुन भने उनी मुआथाई खेल संग सम्वन्धित छन । १८ सदस्यिय कार्यसमितीमा पाँच जना उपाध्यक्षमा मनोनयन भएका छन ।
संघको उपाध्यक्षमा चन्द्र बहादुर शाही, ओम थपलिया, विष्णु हरि पाण्डे, परशुराम बस्नेत र भागिरथ सापकोटा रहेका छन । त्यसै गरी सचिवमा राधिका खतिवडा, कोषाध्यक्षमा कृष्ण माया कार्की रहेका छन ।
स्मरणिय के छ भने पोखराको फेवा र बेगनास तालमा रोइङ्ग खेलको विकास तथा प्रवर्द्धन गर्न सकिने बारे अन्तर्राष्ट्रिय रोइङ्ग संघ (फिसा)का डेभलप्मेन्ट कन्सल्ट्यान्ट केन लिले पोखरामा भ्रमण गरे पछि पोखरा स्पोर्टस संगको कुराकानीमा बताएका थिए । दुई वर्ष अघि पोखरा आएका लिले पोखरा महानगरका प्रमुख मान बहादुर जिशी संग भेट गरी पोखराको प्राकितिक सुन्दरताले रोइङ्ग खेलका लागि उपयूक्त रहेको धारणा राख्दै यदि महानगर तयार भएमा फिसा सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जनाएका थिए ।
त्यसै गरी कार्य समितीको सदस्यमा विश्वम्भर घिमिरे, रुपा महर्जन, सरिता न्यौपाने, रामेश्वर खतिवडा (रोमस), होम वुढाथोकी, सविन सिंह, चन्द्रमणी गैरे, रचना लामा र सोमराज पनेरु रहेका छन ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रनिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सुभाष श्रेष्ठको सहभागितामा सम्पन्न भेलाले संघ पूर्नगठन गरेको रोइङ्ग संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय रोइङ्ग संघ (फिसा) र एशियन रोइङ्ग महासंघ संग आवद्ध नेपाल रोइङ्ग संघले अव नेपालमा यो खेलको विकास र विस्तारका लागि आफ्ना कार्यक्रमहरु अघि सार्ने नवनियुक्त महासचिव श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । “यो निकै आकर्षक खेल हो, विशेष गरी पोखरा रोइङ्ग खेलको केन्द्र वन्न सक्छ”, उनले भने–“पोखराको फेवा, वेगनास र रुपा ताल खेलस्थल संगै प्रशिक्षण स्थलका लागि केन्द्र बन्न सक्छन ।” नेपालमा रोइङ्ग खेलको विकासका लागि धेरै सम्भावना रहेको बताउँदै नेपाली यूवाहरुलाई यो खेलतर्फ आकर्षण बढाउँदै वैदेशिक प्रशिक्षणमा समेत पठाउने महासचिव श्रेष्ठले बताए ।
पोखरालाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सके यसले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने उनको भनाई छ । उनले फेवा र वेगनास पछि रारा तालमा समेत प्रशिक्षण केन्द्र स्थापना गर्न सकिने बताए । “हामीले उच्च हिमाली क्षेत्रमा रहेका तालहरुलाई केन्द्र विन्दु बनाउँदै प्रशिक्षण स्थल स्थापना गर्ने सोच बनाएका छौं जसका कारण विदेशी खेलाडीको आकर्षण समेत ह्वात्तै बढ्नेछ”, उनले प्रष्ट्याउँदै भने–“किन भने नेपालमा उच्च भुभागमा पाइने जैविक विविधता सहितका आकर्षक ताल विश्वका अन्य स्थानमा पाउन मुस्किल पर्छ ।”

यो पनि पढनुहोस