पुप्पलाल स्मृती ब्याडमिन्टन : रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

पोखरा स्पोर्टस । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१।१८, २१।१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स संग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१।११, २१।१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९।२१, २१।१६, २१।१३ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामी संगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१।१३, २१।९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१।६, २१।१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अव सेमिफाईनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् । एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१।९, २१।१७ ले पन्छाईन् । यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१।१७, २१।७ ले पराजित गर्दै आर्मीकै अमिता गिरी संगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१।१६, २१।९ ले पराजित गरिन् ।

गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङ्गलाई २१।१३, २१।१५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे । यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१।१३, २२।२०, कैलालीका देवराज रानाले पाँचथरका एशिया जबेगुलाई २१।११, २३।२१ले पराजित गरे ।
यस्तै कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई २१।१४, २०।२२, २१।१४ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१।१५, ११।२१, २१।७ ले, एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१।१७, २१।८ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१।१५, २१।१२ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१।१६, २१।१५ ले पराजित गरे ।

महिला तर्फ खोटङ्गकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१।१४, २१।१४, समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१।१८, २१।१९ ले, रोजले एपिएफकी निकिता लामालाई २१।१०, २१।५ ले तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई २२।२०, २१।१८ ले पराजित गरे ।

यस्तै झापाकी अंजना राईले कैलालीकी प्रियान्सी बमलाई २१।१४, २१।७ले, एपिएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१।१५, १५।२१, २११३ ले तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८।२१, १८।२१, २१।८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् । यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको डेपुटी रेफ्रि अनुप शाक्यले जनाएका छन् ।

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को
नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् ।

७ औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पु¥याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close