सर्लाहीबाट राता–रात पोखरा फकिर्यो अफ्रिकन रुट्सको टोली

पोखरा स्पोर्टस । बिहिबार लेकसाइडको होटलबाट रातारात सर्लाही गएको क्यामरुनी अफ्रिकन रुट्सको टोली शनिबार बिहान पोखरा आइपुगेको छ ।

१९ औं सस्करणको आहा ! रारा फाइनलमा पुगेको अफ्रिकन रुट्सको टोली शुक्रबार सर्लाहीको एक फुटबल प्रतियोगितामा सहभागी भएको हो । शनिबार बिहान ३ बजे अफ्रिकन टोली पोखरा आइपुगेको छ । अफ्रिकन टोली पोखरा फर्किएपछि आजको फाइनल भनेकै समयमा सुचारु हुने आयोजक सहारा क्लवले जनाएको छ ।

नेपाल पुलिस संग बिहिबार सेमीफाइनल खेल जितेर त्यही दिन सर्लाही हिड्न लागेको टोलीलाई सहारा क्लवले थाहा पाएर रोकेको थियो । तर टोलीका ११ जना भने बिहिबार नै सर्लाही भागेका थिए ।

एउटा क्लबको निम्तोमा नेपाल छिरेको विदेशी टिम नियमतः अर्को कुनै कार्यक्रममा सहभागी हुन पाउदैन । पोखरा लेकसाइडको नर्थ फेस इनमा बसेको टोली जवरजस्ती नियमलाई कुल्चिदै अर्को कार्यक्रममा सहभागी हुनुले पनि विदेशीहरु नेपालमा छिरेर जे पनि गर्न सक्छन भन्ने कुरा यो घटनाले उदाङ्गो भएको छ ।

तर आज बिहान टोली सकुशल पोखरा फर्किएको छ । यदि पोखराबाट सर्लाही जाँदा आउँदा कुनै दर्घटना भएको भए त्यो कसको जिम्मेवारी हुन्थ्यो भन्ने प्रश्न पनि यो घटनाले खडा गरेको छ । विशेषतः विदेशी टिम एन्फाकै समन्वयमा नेपाल आएको थियो । यसका लागि एन्फाले म्याच कमिस्नरको रुपमा जेवी ज्वारचनलाई खटाएको थियो । उनले पनि ति खेलाडीको विषयमा खासै चासो दिएनन । एन्फाकै समन्वयमा अफ्रिकन टोली सर्लाही पुगेको भन्ने चर्चा चले पनि त्यो पुष्टि हुन सकेको छैन ।

अफ्रिकन टोली सर्लाही जानुमा नेपाली कुनै एजेन्टको हात त छैन भन्ने प्रश्न पनि उभिएको छ । अफ्रिकन टिम नेपाल बोलाउने अनि नेपालका विभिन्न प्रतियोगितामा सहभागी गराएर जित हासिल गरे वापत कमिशन खाने नेपाली एजेन्टहरुका कारण पनि नेपाली फुटबल वदनाम हुँदै गएको छ । तर एन्फाले यसमा समन्वयकारी भूमिका खेल्न सकेको भने छैन ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close