युवा नेपाल कप राष्ट्रिय भलिबलः रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा

पोखरा,
विभागीय डर्वी भिडन्तमा नेपाल पुलि क्लबले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो । अब पुलिसले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी शनिवार गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो शनिवारकै लागि तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षा र खराब प्रकाशका कारण स्थागित भएपछि आयोजकले आइतबार पुनः सुरुबाटै खेलाएको थियो ।

शनिबार पनि पुलिसले शुरुवाती दुई सेट जितेपनि तेस्रो सेट गुमाउन पुगेको थियो । चौथो सेट खराव प्रकाशका कारण स्थगित हुन पुगेको थियो । पुलिसले सुरुवाती दुई सेट जितेर पनि दुई मख्य खेलाडी विनै कोर्टमा उत्रिएको एपीएफलाई पराजित गर्न पाँचौ सेटसम्म कुर्नुपरेको थियो । पुलिसले सुरुवाती दुई सेट २५–२१ र २५–२० ले आफ्नो पक्षमा पार्दै जितनजिक पुगेको थियो । तर, तेस्रो सेटमा एपीएफले उच्च प्रदर्शन गर्दै तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दे खेलमा फर्कने संकेत दिएको थियो ।

खेलको चौथो सेटमा पनि एपीएफले उच्च प्रदर्शनलाई निरन्तरता दिदा २५–२१ को जित निकाल्दै खेललाई पाँचौ सेटमा धकेलेको थियो । पाँचौ सेट निकै रोमान्चक र प्रतिस्प्रर्धात्मक बन्दा पुलसले १६–१४ को संघर्ष र रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनायो । निर्णायक सेटमा पुलिसले १२–११ ले अग्रता लिइरहँदा रेफ्रिको निर्णयमा केहि समय विवाद समेत उत्पन्न भएको थियो । त्यसपछि खेल सुचारु हुदा पुलिस विजयी हुन सफल भयो ।

पुलिस र आर्मीबीचको खेल सोमबार १ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि एपीएफले गण्डकी प्रदेशसँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ । प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close