पोखरा स्पोर्टस । काठमाण्डौमा उपत्यका व्यापी विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।
नेपाल ह्यण्डबल संघको वैठकले आगामी २०७८ साउन १३ गते देखि १६ गते सम्म विद्यालयस्तरिय छात्र–छात्रा ह्याण्डबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितालाई व्यवस्थितरुपमा सम्पन्न गर्न संघले विभिन्न ६ वटा उप समितीहरु गठन गरेको संघका महासचिब सन्देश रेग्मीले जनाएका छन ।
उक्त प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन तथा तिनै जिल्लाका अधिकांश विद्यालयहरुको सहभागिता रहोस भन्ने हेतुले पहिलो चरणमा शिक्षकहरुलाई ह्याण्डबलको वेसिक प्रशिक्षण दिइने भएको छ । गठित उपसमिती मध्ये टिचर्स ट्रेनिङ समितीमा ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल राज दाहाल र विराटमान वर्जाचार्यलाई जिम्मेवारी दिइएको छ भने आर्थिक समितीको संयोजकमा मिठाराम अधिकारी रहेका छन ।
त्यसै गरी प्रचार प्रसार समितीको संयोजकमा राज पोखरेल र सदस्यमा शक्ती नेपाल, टिम व्यवस्थापन संयोजक समितीमा सन्देश रेग्मी, रेफ्री समितीको संयोजकमा प्रकाश सुनुवार, मैदान व्यवस्थापनमा काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला ह्याण्डबलका अध्यक्षहरु क्रमश सूर्य बहादुर अधिकारी, भुवन मान श्रेष्ठ र गंगामान व्यन्जनकार रहेका छन ।
काठमाडौ, भक्तपुर र ललितपुर गरी तिन जिल्लाका अध्यक्ष, विद्यालयका प्रधनाध्यापक तथा ह्याण्डबल संघको समेतको संयूक्त वैठकले विभिन्न निर्णयहरु गर्दै काठमाडौ कपन ह्याण्डबल खेल मैदानलाई कभर्डहलको रुपमा विकास गर्न तथा निर्माणको काम हघि वढाउन विद्युत जडान कार्यका लागि पहल गर्ने भएको छ ।
वैठकले संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी परिषदको खेलकूद परिषदको सदस्य सचिव पदमा नियुक्त भएको भन्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।
कोभिड पछि सुस्ताएको ह्याण्डबल खेललाई माथी उठाउन प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा संघले गरेको उपाध्यक्ष राजन पोखरेलले बताएका छन । उनले भने–“हामीले यो वैठकमा निकै महत्वपूर्ण निर्णय गरेका छौं आशा छ अव ह्याण्डबल खेलले नयाँ गति लिनेछ ।”
अध्यक्ष गुरुङको अध्यक्षतामा भएको वैठकमा संघका वरिष्ठ उपाध्यक्ष राम कृष्ण केसी, उपाध्यक्ष तथा गण्डकी प्रदेश विधायन समितीका सभापती मोहन रेग्मी, संघका सल्लाहकार विश्ववम मल्ल लगायत संघका पदाधिकारी तथा कार्य समिती सदस्यहरुको उपस्थिती रहेको थियो ।



Good job