नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज इन्डोनेसियासँग खेल्दै

पोखरा स्पोर्ट्स ।  नेपाली राष्ट्रिय महिला फुटबल टिमले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ ।  नेपाल र इन्डोनेसियाबीचको यो खेल आज साँझ ६: १५ बजेदेखि शुरु हुदैछ । 

यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।

नेपाल फिफा वरियतामा हाल ८७औ स्थानमा छ भने इन्डोनेसियाको महिला टिम फिफा वरियतामा १०६औं स्थानमा रहेको छ ।

यस प्रतियोगितामा कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा २२ सदस्यीय टोली हाल इन्डोनेसिया पुगेको छ । 

नेपाली टिममा अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, विमला विक, समीक्षा घिमिरे, सजनी थोकर, मनमाया दमाई, पूजा राना, प्रतिक्षा चौधरी, निशा थोकर, रेणुका नगरकोटे, प्रीति हम्बु दी, सरावा, लिम्बु शाह, लिम्बू, साहब राई। राणा मगर, अनिता बस्नेत, मीना देउवा, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र  पूर्णिमा राई रहेका छन् । 

नेपालले डिसेम्बर २ मा चाइनिज ताईपेइसँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close