
पोखरा स्पोर्टस । छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यहि मे २१ देखि ३१ तारिख सम्म संचालन हुन ASBC Elite Men & Women’s Boxing Championship मा नेपालले सहभागीता जनाउने भएको छ ।
एशियन वक्सिङ कन्फेडेरेशन (ASBC) अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो वक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । ASBC को तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ ।
१९ वर्ष देखि ४० वर्ष सम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागि हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ । यहि चैत्र २९–३१ गते सम्म सातदोबाटो स्थित वक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ,क्लब र बिभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवाले जानकारी गराएका छन् ।
टोक्यो ओलम्पीकको पूर्व सन्ध्यामा हुन गैरहेको यस प्रतियोगिताले सहभागि जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ ।
Aha Rara Advt
Pokhara Marathon Advt

