फुलकन्ट्याक कराँते महासंघद्वारा प्रमाण पत्र वितरण

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको नेपाल फुलकन्ट्याक कराँते महासंघले आफु सँग आवद्ध भएका १४ वटा संघलाई प्रमाण पत्र वितरण गरेको छ ।

महासंघका अध्यक्ष दमन बस्नेतले प्रमाण पत्र वितरण गरेका हुन । नेपाल फुलकन्ट्याक कराँते महासंघमा आवद्धहुने संघमा एफकेओके संघ, नेपाल एफआईकेके संघ, के डब्लूडब्लू संघ, के डब्लु एफ नेपाल, आईकेए संघ, आईएफ केके संघ, नेपाल सिन क्योकुसिन काईकान कराँते संघ, आईकेओ क्योकुसिन काईकोन संघ, नेपाल क्योकुसिन बुदो कराते साकाही अन्तर्राष्ट्रिय संघ, नेपाल एटेमी क्योकुसिन कराते संघ, पाको नेपाल क्योकुसिन कराते संघ, नेपाल अन्तर्राष्ट्रिय क्योकुसन काइकान कराते संघ, नेपाल क्योकुसिन सेहसिन काइकान कराते संघ र नेपाल क्योकुसिन डो फुलकन्ट्याक्ट कराते संघ छन् ।

संघका अध्यक्ष एवं प्रतिनिधिलाई नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेत, प्रथम उपाध्यक्ष रामजीप्रसाद वज्राचार्य, सालिकराम कुवँर, राजकुमार गुरुङलगायतले प्रमाणपत्र वितरण गरे ।
ADVT AHA RARA GOLD CUP

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close