
पोखरा, १७ असार । अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता दिवशका अबसरमा काठमाण्डौमा पहिलो पटक एशियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस–एशिया) ले दिवश मनाएको छ । नेपाल खेलकुद पत्रकार मंचको सहकार्यमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) का अध्यक्ष जियानी मेर्लोले नेपाल लगाएत विश्वका पत्रकारहरुलाई शुभकामना दिएका छन ।

जुलाई २ अर्थात खेलकुद पत्रकारिता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा भिडियो सन्देस मार्फत एआइपिएसका अध्यक्ष मेर्लोले शुभकामना दिंदैं भने–‘यति बेला विश्वको पत्रकारिता भ्रष्टाचार र पित पत्रकारितामा अगाडी बढेकोले चुनौती थपिएको छ ।’ अध्यक्ष मेर्लोले नेपाल लगाएत सबै देशका पत्रकारहरु यसका विरुद्ध एक जुट भएर लड्नु पर्ने खाँचो औंल्याएका छन ।
सो अबसरमा एआइपिएस–एशियाका महासचिब तथा पाकिस्तान खेलकुद पत्रकार महासंघका अध्यक्ष अमजद अजिज मलिकले नेपाली पत्रकारहरुको सक्रियताले आफू निकै प्रभावित रहेको बताए । उनले अब दक्षिण एशिया लगाएत एशियाली पत्रकारहरुलाई सक्रिय बनाउन सबैको सहयोग र योगदान रहनु पर्ने बताउँदै सबैलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा एआइपिएस–एशियाका कोषाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मंचका पूर्ब अध्यक्ष निरन्जंन राजबंशीले खेलकुद दिवशको महत्व माथी प्रकाश पार्दै विश्वभरिका पत्रकारहरुलाई एक जुट हुन आह्वान गरे ।
मंचका अध्यक्ष देबेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सुबेदीले एआइपिएस–एशियाका महासचिब अजिजलाई स्वागत गर्दै मंचका तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए । अध्यक्ष सुबेदीले मंचको आयोजनामा हुने पल्सर स्पोर्टस अर्वाडमा सबैलाई सफल पार्न आह्वन गरे ।

सो अबसरमा एआइपिएस–एशियाका महासचिब मलिकले नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन र समापन हुने निमार्णाधिन दशरथ रंगशालाको समेत निरिक्षण गरेका थिए ।


तस्बिरः सुदर्शन रंजित
