मनोजको गोलमा बगर भाई खलक फाइनलमा

पोखरा स्पोर्टस । बगर भाई खलक हेटौडामा जारि ‘एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता’को फाइनलमा पुगेको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बगर भाई खलकले चावहिल भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा चावहिल भेट्रान्सलाई रोक्न मनोजले खेलको दोश्रो हाफको सातौं मिनेटमा गोलको टिमका लागि खाता खोलेका थिए ।

खेलमा एक मात्र गोल गर्ने मनोजले म्यान अफ दि म्याचको ट्रफी प्राप्त गरेको सहारा युकेका महासचिब तथा भाइखलकका पोखरा प्रतिनिधी धनु थकालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद १ लाख १ हजार र उपविजेता टिमले नगद ५१ हजार १ सयका साथ कप, मेडल र प्रमाण्पत्र पाउने छन ।

ADVT Poster 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close