प्रदेश क्रिकेट छनौंट : नवलपुर विरुद्ध कास्की ९ विकेटले विजयी

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ९ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन समेत बनेको हो । खेलमा पहिला व्याटिङ्ग गरेको नवलपुरले सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नवलपुरको तर्फबाट दिपक डुम्रेले ३१ तथा रोविन तिमिल्सीनाले २३ रन जोडे । कास्कीका बलर विपिन खत्रीले ४, कृष्ण पौडेलले ३ तथा दिपेश खत्रीले २ विकेट लिए ।

जितका लागि १ सय ३१ रनको लक्ष्य पाएको कास्कीले निर्धारित ४० ओभर मध्ये ३०.४ ओभरमा मात्रै १ विकेट गुमाएर जित हाँसिल गर्‍यो । कास्कीको तर्फबाट विधान श्रेष्ठले अभिजित ४३ तथा मुस्कान थापाले अभिजित ४० रन जोडे । यसअघि ओपनर अनिल गुरुङ्गले ३२ रनको पारी खेलेका थिए । खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपिन खत्री म्यान अफ द म्याच भए ।

प्रतियोगितामा कूल ७ विकेट सहित ३० रन बनाएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी भए । त्यस्तै प्रतियोगिताभर १ सय ४५ रन जोडेका कास्कीका अनिल गुरुङ्ग उत्कृष्ट व्याट्स्म्यान बन्दा नवलपुरको तर्फबाट ७ विकेट लिएका कमल परियार उत्कृष्ट बलर घोषित भएका छन् ।

विजयी खेलाडीहरुलाई पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट संघका सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश खेलकुद संघका सदस्य गिरमान गुरुङ्ग, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कोषाध्यक्ष प्रकाश पौडेल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close