‘कुनै खेलाडीलाई समस्या भए फोन गर्नुस’–निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ (भिडियो सहित)

केशव पाठक,
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले कोरोना ‘कोभिड १९’ का कारण कुनै समस्यमा परेको भए आफुलाई सम्पर्क गर्न आह्वान गरेका छन ।

विश्वभर फैलिएको कोरोनाका कारण नेपाल समेत विगत एक महिना देखि लकडाउनमा रहेको कारण विपन्न एवम मजदुरी गर्नेहरुलाई ठुलो समस्या भोग्नु परेको छ । यहि कुरालाई मध्येनजर गर्दै कुनैपनि ज्याला मजदुरी गरेर जिवनयापन गर्ने खेलाडी समस्यामा परेको भए सहयोग गर्न क्षेत्रिय खेलकुद र जिल्ला खेलकुदका निवर्तमान अध्यक्षहरुले एक सञ्जाल गठन गरेर सहयोगका लागि अगाडी आएका हुन ।

यसो भने निवर्तमान अध्यक्ष श्रेष्ठ र खेलाडी संघका अध्यक्ष दिपक गोदारले

“अहिलेनै कति खेलाडी समस्यामा रहेका छन हामी भन्न सक्दैनौ” निवर्तमान अध्यक्ष श्रेष्ठले भने–“हामीले गण्डकी प्रदेशका ११ जिल्लाका सबै निवर्तमान अध्यक्षहरुलाई यसबारे बुझ्न र आवश्यक राहतको लागि पहल गर्न भनेका छौ ।” यसका लागि सबै अध्यक्षहरु समेत आ–आफ्नो जिल्लामा रहेका खेलाडीलाई सम्पर्क गर्न र स्थिती बुझ्न लागेको उनले बताए ।

एक महिना देखि मुलुक कोरोना सक्रमण फैलिन नदिन सावधानी अपनाउँदै घरमानै लकडाउनमा बसेको बेला खेलाडीहरुलाई समस्या पर्न सक्ने भएकोले पनि राहत उपलव्ध गराउन पहल थालिएको श्रेष्ठले बताए । “धेरै खेलाडीहरु श्रमजिवीहरु छन, यति बेला सानो सहयोग उनीहरुको आत्मबल बढाउन सहयोग पुग्छ”;–निवर्तमान अध्यक्ष श्रेष्ठले भने ।

निवर्तमान अध्यक्ष श्रेष्ठले कुनै समस्या भए आफ्नो मोवाइल नं ९८५१०९७३५४ मा सम्पर्क गर्न आग्रह समेत गरेका छन । उनले जुन जिल्लाको खेलाडी हो त्यही जिल्लाको निर्तमान जिल्ला खेलकुदको मोवाइल नम्वरमा सम्पर्क गर्न पनि खेलाडीलाई आग्रह गरेका छन । जिल्ला तहमानै फोन गर्दा अझै सजिलो हुने भएकोले पनि निवर्तमान जिल्ला अध्यक्षहरु सहितको सञ्जाल सहयोगीहुने हुने भएकोले यो सञ्जाल मार्फत अगाडी बढ्ने सल्लाह भएको उनले बताए ।

यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारले खेलाडीहरुलाई आत्मबल बढाउन प्रेरणामुलक कार्यक्रमहरु आवश्यक रहेको बताए । अहिले पनि धेरै खेलाडीहरु रंगशालामा आउन चाहेको तर लकडाउन भएका कारण उनीहरुलाई घरमानै जे जस्तो अवस्था छन त्यही अवस्थामा रहेर प्रशिक्षण गर्न आफुले सल्लाह दिइरहेको उनले बताए ।

करिव करिव एक महिना देखि मैदानमा आउन नपाएका खेलाडीका लागि सहयोग तथा राहतका लागि शुरु भएको यो अभियानले पक्कै पनि सहयोग मिल्ने कास्की जिल्ला खेलकुद बिकास समिती कास्कीका निवर्तमान अध्यक्ष याम गुरुङले बताए ।

जिल्ला खेलकुदका कार्यालयहरु समेत लकडाउनका कारण बन्द भएकोले खेलाडीलाई गुनासो पोख्ने ठाउँ समेत नभएकोले यो अभियान उनीहरुका लागि सहायक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close