
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ शनिवार पोखरा रंगशाला पुगेका छन ।
कास्की जिल्ला खेलकुद विकास समितीका पदाधिकारी र खेल संघहरु सँग भेटघाट गर्न मन्त्री गुरुङ रंगशाला पुगेका हुन । सिमित खेल संघहरुका पदाधिकारीहरु सँगको भेटमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बारे तथा आगामी वर्षको बजेटका विषयमा चासो राखेका थिए ।
सो अवसरमा मन्त्री गुरुङले जिल्ला खेलकुदहरुको समस्या र अवस्थाका बारेमा जनकारी लिंदै खेलाडीहरुले गरीरहेको तयारीका वारेमा जिज्ञासा राखेका थिए । कुनै पनि खेलको मेरुदण्ड भनेको नै जिल्ला संघ र त्यस्को नेतृत्व गर्ने जिल्ला खेलकुद हुने भएकोले खेल र खेलाडीको हितमा कार्य गर्न आग्रह गरेका थिए ।
खेलकुदमा आर्थिक पारदर्शिता सँगै शुसासन महत्वपुर्ण हुने बताउँदै मन्त्री गुरुङले भौतिक पूर्वाधारमा ठूलो लगानी भए पनि त्यो विकासले मुलुकको विकासलाई मापन गर्न नसकिने बताए । उनले भौतिक पूर्वाधारको विकास सँगै खेलकुदको विकासलाई तिव्र रुपमा अघि बढाउनु पर्ने धारणा अघि सार्दै अव प्रदेशमा अन्तर्राष्ट्रियस्तरका खेलपूर्वाधारहरुको निर्माणलाई अघि बढाउनुपर्ने कुरामा जोड दिए ।
सिमित व्यक्ती र भौतिक दुरी कायम गरी भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ, सचिब भिम पराजुली लगायतको सहभागिता रहेको थियो ।
