आज बाट पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर प्रतियोगिता शुरु

केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा आज बाट पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ शुरु भएको छ ।

आज विहान ११ वजे बाट पोखराको सराङकोट बाट उडान भरेका पाइलटहरुले क्रस कन्ट्रि अन्तरगत भएको ४६ किलोमिटर ‘टास्क’मा आधा भन्दा वढी खेलाडीले टास्क पुरा गरेको भए पनि पहिलो दिन भएकोले ‘प्रेक्टिस डे’ का रुपमा लिइएको प्रतियोगिताका कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले जनाएका छन । भोली वाट मात्रै टास्कको अंक गनिने छ । एक जना खेलाडीले छ दिन सम्म लगातार पर्दशन गर्ने र सबै खेलाडीको अन्तिम अंक फागुन १७ गते जोडिने छ ।

नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मध्येको एक प्रतियोगितामा २० देशका ९० जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा विदेशी ८ जना महिला खेलाडी पनि रहेका छन ।

प्रतियोगिताका लागि १२५ खेलाडीले सहभागिता जनाउने भनिए पनि विश्वमा फैलिएको कोरोना भाइरसका कारण केही देशका खेलाडीले अन्तिम समयमा नाम फिर्ता लिएको संयोजक भट्टराइले जानकारी दिए । “अन्तिम समयमा चिन लगाएत केही देशका खेलाडीले नाम फिर्ता लिए भने कसैले चिन हुँदै आउनुपर्ने अवस्थाका कारणले पनि नाम फिर्ता लिए” उनले भने ।

नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।

एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना हुनेछन । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि प्याराग्लाइडिङको छाता संस्था एफ.ए.आईले सम्वन्धन दिएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।
तस्विरः अशोक बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close