कास्कीको माछापुच्छ्रेमा गण्डकी प्रदेश अन्तरपालिका भलिबल हुने

पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । कास्कीको माछापुच्छ्रेमा “दोश्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता” हुने भएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको मुख्य सहयोग तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघको ब्यवस्थापनमा हुने उक्त प्रतियोगिता आगामी माघ २६ देखि २८ गते सञ्चालन हुने भएको हो । माछापुच्छ्रे गाउँ पालिका अध्यक्ष मिन बहादुर गुरुङका अनुसार उक्त प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा सञ्चालन हुनेछ ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको  र  गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु ३ लाख र उपबिजेताले नगद रु २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सेमीफाइनालिष्ट उपविजेता टिमलाई जनही ५०/५० हजार प्रदान गरिने  छ ।

साथै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद रु ७ हजारका साथमा ट्रफी र उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, डिफेन्डर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु ५/५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ८३ हजार खर्च लाग्ने संगै सो अवसरमा भलिबल खेल अतिरिक्त सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close