एन्फा कास्कीको कार्यबाहक अध्यक्षमा थापा !

पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको कार्यबाहक अध्यक्षमा जगत थापालाई नियूक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

एन्फा कास्कीले बुधबार हुने औपचारिक बैठक बाट अघि बढाउने जनाइएको छ । कार्यबाहक नियूक्त हुन लागेका थापा यति बेला उपाध्यक्षको भुमिकामा रहेका छन ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कास्की एन्फालाई यथासिघ्र कार्यबहाक अध्यक्ष निर्देशन दिंएपछि आज नै बैठक बसेर थापालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन लागिएको हो । एन्फा केन्द्रले सम्भवत भोलीनै अर्को विकल्प नभए सम्मका लागि थापालाई नै कार्यबाहक अध्यक्षका रुपमा अनुमोदन समेत गर्ने भएको छ ।

हालै सम्पन्न मुख्यमन्त्री कपको माघ ७ गते उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद राजिब गुरुङ (दिपक मनाङे) विच एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ विच आयोजकले खेलाडी व्यवस्थापनमा उचित प्रवन्ध नगरेको भन्दै विवाद भएको थियो ।

एन्फा कास्कीले गत वर्ष सम्पन्न मनकामना कपको समेत रकम भुक्तानी नदिंदा केही व्यवसायीले प्रहरीमा उजुर गरे पछि अध्यक्ष मिलन माघ १० गते देखि पुर्पक्षका लागि यति बेला कास्की जिल्ला प्रहरी हिरासतमा रहेका छन ।

एन्फा कास्कीका अध्यक्ष मिलन हिरासतमा रहे पछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कास्की एन्फाको भ्रष्टाचार बारे छानविन गर्ने बताएका छन । अध्यक्ष शेर्पाले बुधबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर मिलनलाई भेटेका थिए । कास्की एन्फामा भएको अनियमितता सम्वन्धमा अख्तियारमा समेत उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close