साहित्यमा खेल : दुई महिला खेलाडी, मिरा र ननिताको मर्म स्पर्शी कथा

पोखरा, पोखराको फेवाताल किनारमा यति बेला साहित्यको जमघट छ । संधै विदेशी पर्यटकले भरिभराउ रहने पर्यटकिए थलो भने यति बेला साहित्यकारहरुको गन्तव्य बनेको छ । जहाँ साहित्य मार्फत समाजलाई उभ्याउने प्रयत्न मात्रै नभई समाजका हरेक क्षेत्रका व्यक्तिहरुको जिवन सगाँलो बनेको छ ।

यसै क्रममा नेपाल लिटरेचर फेष्टिबलमा शनिबार नेपाली महिला दुई फरक खेलका तर स्पर्श र कथा एउटै भोगेकाहरु अतिथी बनेका थिए । उनीहरु थिए विश्वलाई अल्ट्रा म्यारथन बाट चिनाउने मिरा राई अर्की थिइन शारिरिक सुगठनकी ननिता महर्जन बज्राचार्य ।

१४ वर्षको उमेरमानै तत्कालिन जनयूद्धमा होमिएकी मिराको कथा निकै मर्मस्पर्शी थियो । आफ्ना परिवारको जिवन धान्न विद्यालय छोडेर बन्दुक भिरेकी मिराले जिवनका हरेक उकाली ओराली पार गर्दै खेलकुदको विश्व रंगमंचमा अल्ट्र धावीकाको रुपमा आफूलाई स्थापित गरेकीछन । उनले नेपाललाई अल्ट्राम्याराथनको हब हुन सक्छ भन्ने सन्देश दिइन ।

नेपालले अल्ट्रा रेसलाई तुरुन्तै मान्यता दिन सक्यो भने नेपाल खेलकुद पर्यटनको हव बन्न सक्छ भन्ने मिराले आफ्नो भनाईमा जोडिन । नेपालले मान्यता नदिंदा आफू विश्वमा अल्ट्रा धाविका हुँदाहुदै पनि नेपालमा खासै चासोको विषय बन्न नसकेकोमा उनी दुःख मानिरहेकी थिइन । उनको भनाईमा पिडाको भाव झल्किरहेको थियो ।

त्यसै गरि देशको राजधानी काठमाडौ जस्तो विकसित तर कृतिपुर जस्तो आफ्नै सांस्कृतिक परम्पराले ढाकिएको स्थानबाट विवाहित भएर एक सन्तानकी आमा हुँदाहुँदै पनि ननिता शरिरिक सुगठनमा नेपालको प्रतिनिधित्व मात्रै गरिनन उनले नेपाली महिलाले चाहे भने जस्तो सुकै परिस्थितीको सामना गर्न सक्छन भन्ने उदाहरण पेश गरिन । उनले अन्तर्राष्ट्रिय ऐरिनामा पदक जित्ने मात्रै नभई आफू जस्तै खेलाडी उत्पादन गर्न नेपाली महिलाहरु लाई प्रेरणा जगाइरहेकी छन ।

एक प्रश्नमा उनीहरु दुवैले आफूहरु यो देशको खेल मन्त्रि भएमा महिला खेलाडीलाई पुरस्कार मात्रै नभई खेलकुद गरिने महिला माथी हुने भेदभाव तुरुन्तै परिवर्तन गर्ने बताए । ‘पुरुष खेलाडीले मात्रै किन महिला खेलाडीले पनि गर्न सक्छन’ भन्ने सन्देश यि दुबै खेलाडीले दिन चाहन्थे ।

शनिबार फेवाताल किनारमा लिटरेचर फेष्टिबलमा दुई जना नेपाली महिला खेलाडीले नेपालमा मात्रै नभई विश्वमानै आफ्नो देशको झण्डा फहराउन गरेको मेहनतको प्रस्तुती निकै लोभ लाग्दो थियो । मंसिरमानै चिसोले ह्वात्तै छोपेको पोखरामा यि दुवै महिलाहरुले फेवाताल किनारमा आफ्ना कथा पोखिरहँदा उपस्थित सबैले ध्यानपूर्वक सुनिरहेका थिए ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close