कास्की विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगितामा पोखरा एकेडेमी र गण्डकी बोर्डिङ च्याम्पियन

पोखरा स्पोर्ट्स । कास्की विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा पोखरा एकेडेमी र गण्डकी बोर्डिङ स्कूल च्याम्पियन भएका छन् । रोमाञ्चक फाइनलमा छात्रतर्फ पोखरा एकेडेमी (ए) टिमले अल्फा बोर्डिङ स्कूललाई १०–८ गोलले पराजित गर्दै च्याम्पियिन बन्न सफल भयो । छात्रातर्फ गण्डकी बोर्डिङ स्कूलले हिमालयन बोर्डिङ स्कूललाई ६–४ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा लेख्यो ।

यसैबीच, छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा पोखरा एकेडेमी (बी) टिमले बालकल्याणलाई १३–४ गोलले हरायो । छात्रातर्फ ज्ञानज्योति विद्याकुञ्जले सरस्वती विद्या आश्रमलाई ५–२ गोलले पन्छ्याउँदै तेस्रो स्थान सुनिश्चित गर्यो ।

प्रतियोगितामा पोखरा एकेडेमीका अनिश बीके उत्कृष्ट खेलाडी घोषित भए । सोही विद्यालयका सितल गुरुङ उत्कृष्ट गोलकिपर बने भने अल्फा बोर्डिङका अभिषेक श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङकी युना छेत्री उत्कृष्ट खेलाडी, रबिना चेपाङ उत्कृष्ट गोलकिपर र सुस्मिता जैसी सर्वाधिक गोलकर्ताको रूपमा छानिए ।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल ह्याण्डबल संघ अन्तरिम समितिका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिब तेज बहादुर गुरूङ, प्रतियोगिताको मुख्य प्रायोजक संस्था ग्रिन बुक्स प्रकाशन तथा वितरक प्रालिका क्षेत्रिय बजार प्रतिनिधी प्रेम बहादुर सिंहलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेश ह्याण्डबल संघ, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतले सहकार्य गरेका थिए । प्रतियोगितामा छात्रतर्फ २० र छात्रतर्फ १२ गरी कुल ३२ टिमको सहभागिता रहेको कास्की ह्याण्डबलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close