
पोखरा, नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १३ औं दक्षिण एशियाली खेलकुद (साग) औनपचारिक रुपमा आज बाट सुरू भइसक्दा सेफ दि मिसनको नाम घोषणा गरेको छ ।
एनओसीको आज एक विज्ञप्ती मार्फत नेपालका लागि १३ औं साग नेपाली टिमका तर्फ बाट राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवम एनओसीका उपमहासचिब पिताम्बर तिम्सिनालाई सेफ दि मिसनको रुपमा घोषणा गरेको हो ।
त्यसै गरि एनओसीले काठमाण्डौ हेर्ने गरि १३ औं साग राष्ट्रिय टिम तयारीका संयोजक रिम बहादुर रानाभाट र एनओसीका उपाध्यक्ष एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङलाई डिपुटी सेफ दि मिसनका रुपमा नाम घोषणा गरेको छ । रानाभाटलाई काठमाण्डौ र गुरुङलाई पोखराको जिम्मा तोकिएको छ ।

