विश्व पौडी प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै

पोखरा स्पोर्टस । नेपालबाट १९ औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि १/१ पुरुष/महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाने भएको हो । पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छिन् । प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ ।

टोली प्रमुखमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य छन् । वज्राचार्यले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागिता जनाउने छन् । टिम प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह महर्जन रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close