पोखरा प्रिमिएर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको मिती सर्यो

पोखरा, क्विइन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गर्ने फ्रेन्चाइज अन्तरगतको पोखरा प्रिमिएर लिग (पिपिएल)को आयोजना मिती सरेको छ ।

यस अघि नोभेम्वर १२ देखि २३ तारिख सम्म हुने गरि तोकिएको मिती विशेष कारणवश करिब एक महिना पछि सर्ने भएको पिपिएल आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

जारी विज्ञप्तीमा अब दोश्रो संस्करणको पिपिएल डिसेम्वर १४ देखि २८ सम्म पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा हुनेछ । आयोजक संस्थाले यस अघि तोकिएको मितीमा पिपिएल आयोजना गर्ने भन्दै पोखरा क्रिकेट खेल मैदानको पिच लगाएतको मर्मतको काम समेत सुरू गरिसकेको थियो ।

किन सर्यो पिपिएल ?
आयोजकले नेपालमा यहि डिसेम्बर १ देखि १० सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग), नोभेम्बर १ देखि १२ सम्म इङ्गल्याडको मेरिलिवोन क्रिकेट क्लब (एमसिसी)को नेपाल भ्रमणका क्रममा पोखरा र काठमाण्डौमा आयोजना हुने मैत्रीपूर्ण खेल तथा सोही समय नेपाली यू–१९ टोलीको हुने भारत भ्रमणका कारण पिपिएलको दोश्रो संस्करण सार्नु परेको आयोजकको भनाई छ ।

आयोजकले सोघोषित समयमा पिपिएल आयोजनागर्न नसकेकोमा क्षमा माग्दै गत संस्करणमा जस्तै अब हुने दोश्रो संस्करणमा समेत सहयोगको अपेक्षा गरेको छ ।

६ फ्रेन्चाइज टिम सहभागिता रहने पिपिएलमा गत वर्ष पोखरा पल्टन टिम बिजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close