कास्कीमा साउन ५ गते सम्म खेलकुद गतिविधि सञ्चालन गर्न नपाइने

पोखरा स्पोर्टस । कास्कीमा २०७८ साउन ५ गते सम्म कुनै पनि खेलकुद गतिविधि गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले वुधवार जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छ । आज वसेको कोभिड १९ व्यवस्थापन समिती (डिसिएमसी)को बैठकले कोभिड १९ को जोखिम कास्कीमा उच्च रहेको भन्दै असार २५ गते देखि साउन ५ गते सम्म निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

सूचनामा जनाइए अनुसार खेलकुद स्थल, रंगशाला, स्विमिङ, फन पार्क, जिमखाना, फिटनेश सेन्टर, फुटसल, स्पा लगायत अन्य गतिविधी नखोल्न र सञ्चालन नर्गन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close