
पोखरा/तस्बिरः सुदर्शन रंजित
गण्डकी प्रदेश सरकार प्रमुख सचिव हरी प्रसाद बस्यालले आज १३ औ दक्षिण एसियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा रंगशालामा निर्माण हुदै गरेको पोखरा फुटवल स्टेडियम लगाएत अन्य पूर्वाधारहरुको अवलोकन गरे । राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल सहितको टोलीले प्रमुख सचिब बस्याललाई पूर्वाधार निर्माणको जानकारी गराए ।



गण्डकी प्रदेश सरकार प्रमुख सचिव हरी प्रसाद बस्यालद्धारा हाल पोखरामा निर्माण हुदै गरेको पोखरा फुटवल स्टुडिएम अवलोकन गर्दै । राखेप सदस्य राजेश कुमार गुरुङ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल सहितको टोली अवलोकनमा
Posted by Sudarshan Ranjit on Tuesday, September 10, 2019
