मेरिना र आरुषीको फुटबल मोह, सङम क्लबको नयाँ खुट्किलो

केशब पाठक/  तस्बिर सुदर्शन रंजित
पोखरा, २८ साउन । मेरिना गुरुङ भर्खरै ८ वर्षकी । तर उनमा फुटबल सिक्ने मोह धेरै छ । एक महिना देखि सङम यूवा क्लबले सुरु गरेको फुटबल एकेडेमी अन्य बालक सरह तिन बालिका मध्ये मेरिना पनि फुटबल सिक्न आउँछीन ।

एकेडेमीमा प्रशिक्षण लिने मध्ये ३० जना मध्ये तिन जना बालिका रहेका छन । प्रशिक्षणमा नियमित आउने आरुषी गुरुङ ९ वर्षकी भइन । उनलाई समेत फुटबल सिक्ने रहर सङम क्लबले पुरा गरिरदिएको छ । आफ्ना दाई हरु फुटबल खेलेको देखेर उनलाई पनि फुटबल सिक्ने मोह जागेको बताउँछीन ।

यति बेला पोखरामा विभिन्न क्लबहरुले फुटबल एकेडेमी संचालनका लागि नयाँ खाका शुरुवात गरेका छन । केहीले शुरुवात गरिसके त कोही तरखरमा । सहारा क्लब पोखराको एकेडेमी भन्ने हो भने नेपालकै चर्चित एकेडेमी मध्येको एक हो ।

पोखरा १३ स्थित सङम यूवा क्लबले एकेडेमीको शुरुवात गरेर नयँ खुटकिलो चढ्ने प्रयासमा छ । क्लबका निवर्तमान अध्यक्ष तथा एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका शिव माया गुरुङ भन्छन–‘यो हाम्रो सानो प्रयास बाट शुरु गरेका छौं, सबैको सहयोगको प्रतिक्षामा छौं ।’ ६ वर्ष देखि १४ वर्ष उमेर समुहकाहरु यति बेला एकेडेमीमा ३० जनाले प्रशिक्षण लिइरहेको क्लबका अध्यक्ष राजु गुरुङले बताए ।

२०६८ सालमा क्षेत्रिय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको सङमको शाख पोखरामा निकै राम्रो छ । ‘अब त खेलाडी आफ्नै क्लबले उत्पादन गर्दा राम्रो हुँदो रहेछ’ माया गुरुङ भन्छन–‘त्यही भएर पनि एकेडेमी संचालन गरेका हौं ।’ नेपालको ए डिभिजनमा खेल्ने कास्कीको एक मात्र क्लबनै सङम क्लब हो ।  सङम कलबको नयाँ प्रयास बाट खुसी हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले पाँच थान बल क्लबलाई हस्तान्तरण गरे । उनले सो अवसरमा भने–‘क्लबको प्रयास प्रशंसनिय छ जो अगाडी वढ्छ त्यसलाई सहयोगका लागि सबैले हात अगाडी बढाउनु पर्छ ।’ फुटबलका लागि उर्वरा भूमी कास्कीको फुटबलको गति सङै राम्रा खेलाडी उत्पादन नहुनाले पनि कास्की निकै पछि परेको उनको भनाई थियो । उनले भने–‘कास्की एन्फाको वर्तमान नेतृत्वले यस बारे गम्भिर हुनु पथ्र्यो तर सोचे जस्तो हुन सकेन ।’

संगमको प्रयासलाई साथ दिन हङकङ बाट केही दिनका लागि पारिबारिक काममा नेपाल आएका सहारा हङकङका अध्यक्ष दिपक गुरुङले समेत पाँच थान बल हस्तान्तरण गरे । क्लबको यो अभियान निकै प्रशंसनिय रहेको प्रति खुसी हुँदै अध्यक्ष गुरुङले भविष्यमा समेत आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close