विश्व महिला बक्सिङ : मिनु र चन्द्रकला पराजित

पोखरा स्पोर्टस । टर्किको ईस्तानबुलमा जारी आईवा ओमन वर्ल्ड बक्सिङ् च्याम्पियनशिपमा नेपाली खेलाडी द्वय मिनु गुरुङ र चन्द्रकला थापा पराजित भएका छन् ।

आज सम्पन्न खेलमा मिनु र चन्द्रकला अंकका आधारमा पराजित भएका हुन् । यहि मे ९ बाट जारी प्रतियोगिता अन्तर्गत मिनु फ्लाई वेट ५० देखि ५२ किलो तौल समुहमा जापानका खेलाडी रिन्का किनोसितासंग अंकको आधारमा पराजित हुन पुगिन् ।

त्यसै गरी अर्की खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समुहमा भारतीय खेलाडी मनीशा संग अंकको आधारमा पराजित भएकी छन् ।

रिन्का जापानकी च्याम्पियन खेलाडी हुन भने मनिशा सन् २०१८ मा भारतमा भएको वर्ल्ड च्याम्पियनशिप बक्सिङ खेलमा क्वार्टर फाईनलिष्ट खेलाडी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close