न यता न उता, बितरा पर्यो पोखरा रंगशाला ! ओंठ लेव्रिन थाले, आँखी भौं नाच्न !

केशब पाठक/तस्बिरः सुदर्शन रंजित
पोखरा, २१ साउन । नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन ठ्याक्कै चार महिना बाँकी छ । साग अन्तरगत हुने २८ खेल मध्ये सात खेल पोखरामा हुँदैछन । पोखरामा खेल हुने मध्येको एक हो महिला फुटबल ।

तर साग महिला फुटबल हुने पोखरा स्टेडियम यति बेला बितरा परेको छ । भारतको ग्रेट स्पोर्टस र नेपालको एमए कन्सट्रक्सनको जोइन्ट भेन्चर कम्पनीले सागका लागि मैदान तयार गर्न थालेको पनि ठ्याक्कै पाँच महिना भयो । तर डोजरले मैदान सम्याउने बाहेक अरु काम अलपत्र नै छ । तर निर्माण कम्पनीले काम गरेको हो गरेको हो जस्तो देखाउन २ वटा डोजर र एउटा ट्रक त्यसै मैदान भित्र देखाएर राखेकाृ छ । केही दिन अघि नवनियूक्त सदस्य सचिब रमेश सिलवाल पोखरा आउँदा सदस्य सचिबलाई काम देखाउन पनि ति डोजरले भने राम्रै काम पाए । तर अहिले ठप्प छन ।

स्टेडियम तयारीका लागि कहाँ के हुँदैछ भन्ने कुरा न त निर्माण कम्पनी खुलेर बोल्छ न त जिम्मेवारी लिएको राष्ट्रिय खेलकुद परिषद नै । अब त जिम्मेवार निकायका पदाधिकारीलाई सोध्यो भने टाल टुल जवाफ संगै आँखी भौ नाच्न थाल्छन । कोही कसैको त ओंठ नै लेव्रिन थाल्छ ।

राष्ट्रिय खेलकुद परिषदले १ अर्व २८ करोडको लागतमा जोइन्ट भेन्चर कम्पनीलाई कामको जिम्मा लगाउँदै २०७६ असार मसान्त सम्म काम सक्न भन्यो । तर काम सकिने बेला सम्म डिजाइन नै तयार भएन । डिजाइन नै तयार नभई थालिएको कामको प्रकितीले अव पोखरा रंगशालाको स्टेडियममा महिला फुटबल हुन्छ भन्ने आसा माथी तुषारापात लाग्ने स्वाभाविक लाग्न थालेको छ ।

निर्माण कम्पनीले मैदानमा एष्ट्रोटफ आर्टिफिसियल मैदान बनाउन गिटी ओच्छ्यायो । डोजरले गिटी त ओच्छयो तर नव नियूक्त सदस्य सचिबले पोखरा जस्तो प्रकृतीको शहरमा किन आर्टिफिसियल मैदान भन्दै विरोध गरे । लामो छलफल भयो अन्तत मैदान घाँसे अर्थात प्राकृतिक नै हुने भयो । अहिले निर्माण कम्पनीले मैदानमा छरिएको गिटी उठाउँदै छ । तर गिटी उठाउने ६ जना कामदार खटिएका छन । ति ६ जनालाई गिटी उठाउन एक महिनाको समय लाग्ने जो कोहीले आंकलन गर्न सक्छ ।

स्टेडियम निर्माणका लागि यति बेला कम्पनीले १८ जना कामदार खटाएको छ । कार्तिक दोश्रो साता सम्म निर्माण सक्नका लागि अल्टिमेटम पाएको कम्पनीको काम गर्ने तरिका हेर्दा अर्को वर्षको कार्तिक सम्म पनि खोइ के ? खोइ के ? भन्ने अवस्था देखिएको छ । रंगशाला त्यसै वितरा परेको होइन, जिम्मेवार निकायको गलत नियत र राजधानी बाहिर ठूला खेल आयोजना गर्न हुन्न मानसिकताको उपजले पनि निर्माण प्रक्रिया ढिलो गरिएको हुन सक्ने आंकलन एक थरिको छ ।

अव त हुँदा–हुँदा जिम्मेवार निकाय पनि रंगशाला निर्माण बारे प्रश्न गर्यो भने आँखी भौं नाच्न थाल्छ, ओंठ लेव्रिन थाल्छ, जिव्रो बटारिन्छ, कुरो सेलरोटी जस्तो फनक्क घुम्छ अनि सोझो प्रश्न अर्कै तिर मोडिन्छ । बन्नु पर्ने मुख्य रंगशाला जहाँ खेल हुने हो तर त्यो नवनी धमाधम वार्मअप म्याच ग्राउण्ड बन्दै छन । सात खेल हुने पोखरा कतै झरेर तिन या चार खेलमा सिमित हुने हो की भन्ने आशंका उत्तिकै छ । तर जिम्मेवार निकाय मौन छ, एकले अर्कोलाई हेराहेर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close