फुटबलका विज्ञ मिश्र भन्छन–‘पोखरामा आर्टिफिसियल पिच बनाउँदा उपयूक्त हुन्छ’

पोखरा, १ साउन । पोखरा स्टेडियमको खेल मैदान (पिच) कस्तो बनाउने बहस चलिरहैकै बेला फुटबलका विज्ञ समेत रहेका सञ्जिव मिश्र भने आर्टिफिएल पिच (एष्ट्रोटफ) हुनु पर्ने बताएका छन ।

राष्ट्रिय खेलकुद परिषदले बुधबार यूवा तथा खेलकुद मन्त्रालयमा बैठकमा आफूलाई समेत बोलाइएको र आफूले पोखराको माटो र मौसमका हिसाबले पनि पिच एष्ट्रोटफ बनाउन सुझाब दिएको मिश्रले बताए । ‘म करिब २०/२२ वर्ष देखि लगातार पोखरा आइरहेको छु चिसोको समयमा यहाँ हरियो घाँस सुरक्षित राख्न निकै समस्या हुन्छ’ उनले भने–‘फिफाले मन्याता दिएको थ्रि स्टार सम्मको एष्ट्रोटफ राख्ने हो भने धेरै सुलभ र सहज हुन्छ ।’

एकै समयमा धेरै म्याच हुने भएकोले प्राकृतिक पिच त्यती राम्रो नहुने मिश्र बताउँछन । ‘अन्तर्राष्ट्रिय म्याचहरु आयोजना गर्दा अलिक अप्ठ्यारो होला किनभने त्यस्तै प्रकारको प्रयाक्टिस ग्राउण्ड आवश्यक्ता हुन्छ जुन सम्भब त छैन’ उनी थप्छन–‘तर स्थानिय म्याच र राष्ट्रियस्तरका म्याचहरु गराउन कुनै वाधा हुँदैन यसमा खेलाडीको क्षमतामा समेत वृद्धी हुन्छ ।’

हाल सातदोवाटोमा रहेको फुटबल पिच आर्टिफिसियल भए पनि टु स्टारको भएकोले त्यती राम्रो नभएको मिश्रको तर्क छ । तर त्यती पनि नभइदिएको भए अहिले खेल्ने मैदान पनि सम्भव नभएको उनी बताउँछन । फिफा मान्यता प्राप्त पिच प्रयोग गर्ने हो भने निकै सुलभ र संरक्षण गर्न समेत सजिलो तथा टिकाउ समेत हुने उनको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषदले बुधबार यूवा तथा खेलकुद मन्त्रालयमा निर्माण कम्पनी र अन्य सरोकारवालाहरुको विचमा छलफल भइरहँदा मिश्र लाई समेत बैठकमा बोलाईएको थियो । मिश्रले आर्टिफिसिएल मैदानको विषयमा कुरा उठाइरहँदा बैठकमा उपस्थित रहेका अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने प्राकितिक खेल मैदान बनाउनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close