
पोखरा, १९ असार । इटालीको नेपोली शहरमा आज विहिवार देखि ३० औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुरु भएको छ ।
प्रतियोगितामा विश्वका १ सय ५४ राष्ट्रका ८ सय खेलाडीले सहभागिता जनाएका छन् । नेपालले यो प्रतियोगिता दुई खेल तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको छ । ३०औँ युनिभर्सियाड खेलकुदमा फेन्सिङ खेलको महिला एकल इपीतर्फ नेपालकि अनिता कार्कीले उत्कृष्ट प्रदर्शन गरेकि छिन् ।
असार १९ गते नेपोलीको हिप्पो क्राटिका सिभितामको इन्डोर कभर्डहलमा आयोजित पाँच खेलमा अनिताले उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय खेलाडीलाई कडा चुनौंति दिएकी हुन ।आफ्नो पहिलो खेलमा विश्वकी चौथो वरियता प्राप्त फ्रान्सकी खेलाडी लुटी एलियासंग भिडन्त गरेकी अनिता उक्त खेलमा ५–२ को अन्तरले पराजित भईन् । दोश्रो खेलमा इजरायलकी विश्वकी २१ वरियता प्राप्त खेलाडी गाभ्रिइल्को निकोल संग प्रतिस्पर्धा अनिताले यो खेलमा पनि ५–२ को अन्तरले पराजय भइन् ।
अनिताको तेस्रो भिडन्त हंगेरीकी खेलाडी सोन्का भलेरियासंग भएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अन्तिममा स्कोर गर्न नसक्दा अनिताले पराजयको मुख देख्नु प¥यो । यो खेलमा पनि अनिता ५–२ ले पराजित भइन् । त्यस्तै चौथौ खेलमा क्यानडाकि खेलाडी वोय टमारासंग ५–१ को अन्तरले पराजित भएकि अनिताले अन्तिम तथा पाँचौं भिडन्तमा उत्कृष्ट प्रदर्शन गरिन् । नर्वेकि खेलाडी हिल्ली थालेसंग भएको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५–४ ले पराजित भइन् । यो खेलमा जस्ले निर्धारित समयमा सवैभन्दा पहिले ५ अङ्क बटुल्छ त्यो खेलाडीलाई विजय घोषित गरिन्छ ।
खेलपछि अनिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइन् । सिमित स्रोत र साधनका बावजुद पनि आफुले उत्कृष्ट प्रदर्शन गरेको र यो प्रतिस्पर्धावाट निकै अनुभव बटुलेको बताइन् । नेपालमा पनि नियमित प्रशिक्षण र उपयुक्त प्रशिक्षण गर्ने व्यवस्था भए नेपाल पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने दाबी गरिन् । त्यस्तै यो प्रतियोगिताका सेभ द मिसन तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले अनिताको प्रदर्शन उत्कृष्ट भएको बताए । विश्वस्तरीय खेलाडीहरुसंगको प्रतिस्पर्धामा अनिताको प्रर्दशन प्रशंसनिययोग्य थियो भन्दै सिमित साघन र स्रोतका बावजुद पनि अनिताले उत्कृष्ट प्रदर्शन गरेको जोशीको ठहर थियो । यदि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पदक जिताउने हो भने राज्यले नै विशेष योजना र दुरदर्शीका साथ लाग्नुपर्ने बताए ।
त्यस्तै असार १८ गते इटालीको नेपोली रङ्गशालामा ३० औं समर युनिभर्सियाड खेलकुदको भब्य समारोहकाविच उद्घाटन भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन इटालीका राष्ट्रपति सर्जियो मारेरेल्लाले गरेका थिए ।
