
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अजिवन सदस्य गणेश कार्कीको निधन भएको छ ।
कार्कीको ७६ वर्षको उमेरमा निधन भएको हो । सोमबार बिहान मर्निङवाकको क्रममा रहेका उनी अचानक सडकमा नै ढलेका थिए । उपचारका लागि तत्कालै अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको उनका भतिज टिका कार्कीले जनाए । एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका कार्की २०१८/०१९ मा ४०० र ८०० मिटर तर्फ स्वर्ण पदक विजेता समेत रहेका थिए ।
पोखरा ३१ वेगनास निवासी कार्की माछा विज्ञको रुपमा स्थापित थिए । उनको श्रीमती, दुई छोरा वुहारी, तिन नाती र एक नातिनी रहेका छन । उनको आज नै पोखरा ३० स्थित सेतीघाटमा अन्तिम संस्कार गरिएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले कार्कीको निधनमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।
