पूर्व भलिबल कप्तान पाण्डे नेतृत्वसहित टोलीले विभिन्न माग राख्दै गराए परिषदको ध्यानाकषर्ण

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशका पूर्व भलिबल कप्तान हरि पाण्डे नेतृत्वसहित यूवा समुहले मागहरु राख्दै प्रदेश खेलकुद परिषद गण्डकीको ध्यानाकषर्ण गराएका छन् ।

आइतबार दिउसो पाण्डे नेतृत्वसहित यूवा समुहले पोखरा रंगशालास्थित परिषदको कार्यालय अगाडी नारा लगाउँदै आफ्ना मागहरु परिषदको सूचना पाटी लगायत भित्ताहरुमा टाँसेर हिडेको परिषदका एक कर्मचारीले बताए । तर उनहिरुले त्यस्तो कुनै मागपत्र आधिकारीक रुपमा परिषदलाई भने नवुझाएको परिषदले जनाएको छ ।  पाण्डे नेतृत्वको समुहले परिषदका सदस्य सचिव श्रीधर शर्मालाई भेट गर्ने प्रयास गरे पनि परिषदको कार्य सिलसिलामा पोखरा बाहिर रहेकोले भेट हुन नसकेको जनाइएको छ ।

पूर्व कप्तान पाण्डेसहितको समुह काठमाण्डौमा जारी एनभिए कपमा गण्डकीको सहभागिता हुन नसकेको विषयमा रुष्ट बनेको छ । उनीहरुले गण्डकीको टोली एनभिएमा किन सहभागिता भएन ? गण्डकी प्रदेश भलिबल संघको नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगितामा सहभागिता बारे मार्ग स्पष्ट गर, गण्डकी प्रदेश भलिबल संघको हिसान किताव सार्वजनिक गर, गण्डकी प्रदेश भलिबल संघले उमेर समुहको प्रतियोगिता आयोजना गर, प्रदेशका भलिबल खेलाडीहरुको भविष्य सुनिश्चित गर, सहयोगीहरुको उचित सम्मान र व्यवस्थापन गर, भलिबल संघमा अनुभवीलाई प्राथमिकता दिइ टिके प्रथा अन्त्य गर जस्ता नारा लगाएका थिए ।

गण्डकी प्रदेश भलिबल संघको इतिहासमा नै यस्तो नारावाजी पहिलो पटक भएको हो । जारी एनभिए कपमा आर्थिक दायित्व देखाउँदै गण्डकी प्रदेश भलिबल संघको सहभागिता हुन नसकेको भन्दै गण्डकी प्रदेश भलिबल संघले नेपाल भलिबल संघसँग क्षमा याचना समेत मागेको छ ।

नेपाल भलिबल संघमा गण्डकीबाट एक जना उपाध्यक्ष, एक जना सचिव, एक जना केन्द्रिय सदस्य, दुई जना सल्लाहाकार गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने गण्डकी प्रदेश भलिबल संघ कार्यबाहक अध्यक्षको भरमा चल्दा समस्याहरु समेत उत्पन्न हुदै आएको छ । गण्डकीबाट दर्जनौ राष्ट्रिय खेलाडी उत्पादन भइसकेको भलिबलको इतिहास रहे पनि पछिल्लो क्रममा संघले आर्थिक अभावका कारण ठोस योजनाका साथ प्रभावकारी कार्यक्रमहरु समेत सञ्चालन गर्न नसकेको भलिबल प्रेमीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close