पोखरा स्पोर्टस अर्वाडमा मनोनयमा नै नपरेका प्याराग्लाइडिङका योगेश वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

केशब पाठक,
पोखरा, १७ असार । काठमाण्डौमा जारी १६ औं संस्करणको पल्सर स्र्पोट्स अर्वाडमा प्याराग्लाइडिका योगश भट्टराई उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन । सन २०१८ मा इन्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा उनको प्रशिक्षणमा रहेको प्याराग्लाइडिङ टिमले रजत पदक जित्न सफल रहेको थियो ।

आफ्ना पाँच जना प्रतिष्पर्धीलाई उछिन्दै योगेशले उक्त अर्वाड हात पार्न सफल भएका हुन । उनको प्रतिष्पर्धामा फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र बिष्ट रहेका थिए । उनले अर्वाड संगौ पल्सर बाइक पाएका छन ।

गत महिना पोखरामा सम्पन्न चौथो पोखरा स्पोर्टस अर्वाडमा मनोनयनमा परेका थिएनन । तर उनी बाट प्रशिक्षित खेलाडी यूकेश गुरुङ भने अर्वाड हात पारेका थिए ।

योगेशले करिब २० वर्ष  देखि पोखरामा रहेर प्याराग्लाइडिङको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन । अर्वाड हात पार्न सफल भए पछि आफ्नो धारणा राख्दै भने–‘देशका लागि रजत जिताउन सफल भएकोमा अर्वाड बाट सम्मानित हुन पाउँदा खुसी लागेको छ ।’

अर्वाड कार्यक्रममा नेपाललाई एशियाली खेलमा एक मात्र पदक जिताउन सफल रहेको प्याराग्लाइडिङ टिमलाई सम्मान गरिएको थियो ।
तस्विरः सुदर्सन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close