
पोखरा, ६ असार । अखिल नेपाल फूटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार कास्की जिल्ला फूटबल संघको आयोजना तथा क्विक्स चिप्सको प्रायोजनमा सन्चालन भइरहेको ‘क्विक्स कप अन्तरबिद्यालय फूटबल प्रतियोगिता’को छात्र तर्फ शैनिक आवाशिय महाविद्यालय र छात्रा तर्फ चिल्ड्रेन एकेडेमीले उपाधी हात पारेका छन ।
उपाधी संगै शैनिक आवाशियले नगद २० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ५ थान बल हात पारेको छ भने उपबिजेता भएको नोबल सेकेण्डरी विद्यालयले नगद १२ हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ३ थान बल हात पारेको छ ।
प्रतियोगितामा छात्र तर्फको खेलमा चिल्ड्रेन एकेडेमीले उपाधी संगै नगद १० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ५ थान बल हात पारेको छ । त्यसै गरि उपबिजेता भएको गण्डकी आवाशिय माबीले नगद ५ हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ३ थान बल हात पारेको आयोजक एन्फा कास्कीले जनाएको छ ।
प्रतियोगितामा छात्र तर्फ फाइनल खेलेका दुबै टिम र छात्रा तर्फ पहिलो हुने टिमले प्रदेश विद्यालय स्तरिय प्रतियोगितामा सोझै खेल्ने अबसर समेत पाएका छन । सम्पन्न प्रतियोगितामा छात्र तर्फ शिसु कल्याण माबीले फेयर प्ले ट्रफी पाएको छ भने छात्रा तर्फ भने जन प्रकाश माबीले नगद ३ हजारका साथमा फेयर प्ले ट्रफी पाएको छ । छात्र तर्फ शैनिक आवाशियका अभिषेक गुरुङ र छात्रा तर्फ चिल्ड्रेन एकेडेमीकी अर्पिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
यस अघि आज भएको छात्र तर्फको फाइनल खेलमा शैनिक आवशिय माबीलाई उपाधी दिलाउन एक मात्र गोल अभिषेक गुरुङले गरेका थिए । यसै गरि छात्रा तर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले गण्डकी बोर्डिङलाई २–१ ले पाखा लगाएको थियो । चिल्ड्रेनका तर्फ बाट अर्पिता गुरुङले दुई र गण्डकीका तर्फ बाट मोनिका क्षेत्रीले एक गोल फर्काइन ।
फाइनल खेलका बिजेता टिम तथा खेलाडी लाई कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगाएतले ट्रफी, प्रमाणपत्र र नगद वितरण गरेको महासचिब रमेश कार्कीले जनाएका छन । गत जेठ ३१ गते बाट संचालन भएको प्रतियोगितामा छात्रा तर्फ ६१ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो ।
