आहा रारा गोल्ड कप : सेमीफाइनलमा थ्री स्टार र पुलिस भिड्दै

पोखरा, १८ औं आहा रारा गोल्डकप २०७६ अन्तरगत आज (बुधबार) पहिलो सेमीफाइनलमा विभागिय टिम नेपाल पुलिस र साबिक बिजेता रुस्लान थ्री स्टार भिड्दैछन ।

नेपाल पुलिसले आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो भने साविक बिजेता थ्री स्टारले भारत सिक्किमको गान्तोक सिटी एफसी लाई पराजित गरि सेमीफाइनलको यात्रा तय गरेको हो ।

अब उपाधी सहित नगद १० लाख जित्न यि दुई टिमलाई अन्तिम दुई खुट्किलो बाँकी रहँदा आजको सेमीफाइनल खेल दुवैका लागि उत्तिकै महत्वपुर्ण छ । १७ औं संस्करणको उपाधी रक्षा गर्न थ्री स्टार लाई उत्तिकै चुनौती छ नै भने यता पुलिस मैदान भित्र आफ्नो लयमा खरोका साथ उत्रिन र फाइनल यात्रा तय गर्न लालयित छ ।

दिउसो २ः३० बजे पोखरा रंगशालामा हुने यि दुई टिम विचको भिडन्त रोमाञ्चले भरिएको हुने आयोजक पक्षको दावी छ । क्याराभान कप देखि १७ औं सस्करण सम्म ८ पटक फाइनलमा स्थान बनाउँदै ६ पटक उपाधी उचालेको पुलिसले पुरानो इतिहास दोर्हाउन चाहन्छ । यसै गरि थ्री स्टार ५ पटक फाइनलमा पुग्दा ४ पटक उपाधी उचालेको छ ।

यति बेला थ्री स्टार संग दुई जना राष्ट्रिय खेलाडी सहित युवा टिम रहेको छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आजको पुलिस संगको भेट निक्कै महत्वपुर्ण हुने बताएका छन । युवा जोसले भरिएको टिम संग अनुभवको केही अभाव देखिए पनि टिमले पुलिसलाई चुनौती पश्किने मेघराजले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close