पोखरामा यु–१९ दुईदिवसीय क्रिकेट सिरिज शुरु

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा बुधबार देखि पोखरा रंगशालामा यु–१९ दुई दिवसीय क्रिकेट टेष्ट सिरिज शु्रु भएको छ । पोखराको क्रिकेट इतिहासमा यो पहिलो पटक दुईदिवसीय क्रिकेट सिरिज आयोजना गरिएको हो ।

पहिलो दिन बुधबार क्रिकेट मैदानमा भएको खेलमा कास्की रातो ५ विकेटको क्षतिमा १०३ रन बनाई खेलिरहेको छ । रातो बिहीबार त्यही स्थितिबाट अगाडि खेल्ने छ । कास्की निलोले आफनो सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो । पहिलो दिनको खेलमा रातो ६९ रनले पछाडी छ ।

कास्कीका तीन वटा टोलीले प्रतिस्पर्धा गरेका छन् । कास्की रातो, निलो र हरियो टोली छन् । टोलीमा गण्डकी प्रदेशबाटै खेलाडी छनोट गरी तयार गरिएको हो । कास्की जिल्ला क्रिकेट संघले कास्की, तनहुँ, नवलपुर, स्याङजा, बाग्लुङ लगायतबाट विभिन्न ६५ जनाबाट खेलाडी छनोट गरिएको जनाएको छ ।

पोखरामा आयोजना गरिएको टेष्ट सिरिजले युवा खेलाडीहरुलाई क्रिकेटप्रेति अभिप्रेरित गर्ने र युवा खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । पोखरा क्रिकेट एकेडेमीले मुख्य प्रायोजन गर्द कास्की क्रिकेट क्लबले प्रतियोगिताको व्यवस्थापन गरेको छ । विजेताले ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले गरे । प्रतियोगितामा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । टेष्ट सिरिज बैशाख १ गतेसम्म चल्ने छ ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close