
पोखरा । नेपाल ओलम्पिक कमिटीको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएको छ ।
ललितपुर सातदोवाटो स्थित एनओसीमा कार्यरत ८ जना कर्मचारीको कोरोना परीक्षण गरेका मध्ये दुई जनामा पोजिटभ देखिएको हो । सो वारे जानकारी दिंर्दै एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले भने–“एनओसी नजिकैको स्वाक्वास हलमा एक जनालाई कोरोना पुष्टि भएपछि सबै कर्मचारीको परीक्षण गरेका थियौं, हाम्रो दुई जना पोजेटिभ देखिएको छ ।”
कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि एनओसी कार्यालयमा दैनिक आउजाउ गर्ने सबै पदाधिकारी र सदस्यहरुको समेत कोरोना परीक्षण गरिने महासचिब श्रेष्ठले बताए । अध्यक्ष तथा प्रतिनिधी सभा सांसद जिवनराम श्रेष्ठ, कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राज वैद्य लगाएतको समेत कोरोना परीक्षण गरिने महासचिब श्रेष्ठले बताए ।
यसै गरि दुई दिन अघि मात्रै वोमेन्स कमिशन गठन गर्न भएको तयारी वैठक समेत एनओसीको कार्यालयमा सम्पन्न भएको जानकारी दिंदै महासचिब श्रेष्ठ बैठकमा सहभागी भएका ५ जनाको पनि परीक्षण गरिने बताए ।
