
पोखरा स्पोर्ट्स । आगामी पीएम कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेश छनौटका लागि कास्की जिल्लाको १४ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको कप्तानी विपिन खत्री ले गर्ने भएका छन् ।
घोषित टोलीमा सुभाष भण्डारी, मुस्कान थापा, सिब्रिन श्रेष्ठ, अर्जुन कुमाल, सफल श्रेष्ठ, कृष्ण पौडेल, सुभाष बास्तोला, रोहित चन्द, अनिकेत गजुरेल, विश्वास पराजुली, सागर भुजेल, शबुद्धिन अन्सारी र अञ्जन केसी रहेका छन् ।
त्यसैगरी रिजर्भ खेलाडीमा प्रदीप पौडेल, राज परियार, सुरज अधिकारी र चन्दन राउत रहेका छन् । टोलीको व्यवस्थापकमा कमल थापा र मुख्य प्रशिक्षकमा रिजन प्रजु रहेका छन् ।
गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजना हुने प्रदेश छनोट प्रतियोगिता यही फागुन २८ देखि चैत्र ३ गतेसम्म पोखरा रंगशाला र इडेन हेभेन्स मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, स्याङ्जा, पर्वत र तनहुँ जिल्लाका टोलीहरू सहभागी हुनेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा कास्की, बागलुङ र नवलपुर रहेका छन् भने समूह ‘बी’ मा स्याङ्जा, पर्वत र तनहुँ छन् । समूह चरणका खेलपछि उत्कृष्ट टोलीहरू नकआउट चरण हुँदै फाइनलमा पुग्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।
