
पोखरा स्पोर्टस । म्याराथन मध्येकै नेपालको जेठो पोखरा म्याराथनको १५ औं सस्करणको ४२.१९५ किलोमिटर खुला म्याराथनतर्फ २०९ जना र महिला हाफ म्याराथनतर्फ २१ किलोमिटरमा ३० गरी कूल २३९ जना सहभागी हुने भएका छन ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने पोखरा म्याराथनको इतिहासमा हाल सम्मै वढीले नाम दर्ता गराएका हुन । कोभिड १९ को महामारीका कारणले लामो सम्म ठप्प रहेको खेलकुद गतिविधी सँगै आयोजना हुन लागेको पोखरा म्याराथनको आर्कषण बढेकोले पनि सहभागीको सँख्या ह्वात्तै वढेको अध्यक्ष तेज गुरुङले बताए । उनले भने–“यो पोखरा म्याराथनको इतिहासमा नै ठूलो सँख्या हो, त्यसैकारणले नेपालकै जेठो म्याराथनको गरिमा पोखरा म्याराथन प्रतीको आर्कषण वढ्दै गएको देखिन्छ ।”
खुल्ला म्याराथन ४२.१९५ किमी र हाफ म्याराथन महिला तर्फ २१ किमि दौड पोखरा रंगशालाबाट विहान ७ बजे शुरु भई शहरका विभिन्न भाग परिक्रममा गरी पोखरा रंगशालामानै पुगेर समापन हुनेछ । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाण—पत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन वोर्डको प्रर्वद्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रव्द्धन मा समेत महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङले जनाए ।
उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३ देखि ४ किलोमिटर दुरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा रहने छन । यसै गरी विभिन्न जातिय संस्था तथा, आमा सुमह लगाएत विभिन्न विद्यिालयका विद्यार्थीहरु सडक किानारमा धावको स्वागतका लागि पोखराका विभिन्न टो तथा चोकहरुमा उभिने छन ।
महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले बताए ।
कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र–छात्रा दौड हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघिय सरकार अन्र्तगत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताको लागि १०–१० लाख रुपैया विनियोजन भएको छ ।
२०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका कृष्ण तिमिल्सिनाले बताए । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सफल पोखरा म्याराथनले पोखराको खेल पर्यटन प्रर्वद्धनमा मद्धत पुराउँदै आएको बताए ।
पोखरा म्याराथनको मुख्य प्रायोजन सफल दुधले गरिरहेको छ भने अन्तर्राष्ट्रिय पार्टनरका रुपमा पोखरेली मञ्च युके र प्रर्वद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ ।
Pokhara Marathon Advt

