
पोखरा । प्रकृती, शााहसिक तथा संस्कृती सम्बन्धि खेलकुद मार्फत दिगो पर्यटन विकास गर्ने लक्ष्य सहित क्रियासिल माउन्टेन स्पोर्ट्स फेडेरेसन-नेपाल केन्द्रिय कार्यसमितिको भर्चुअल बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
महासंघको बैठकले चालु आर्थिक वर्षका प्रस्तावित कार्ययोजनाको चुनौतिहरुको समिक्षा, आर्थिक प्रतिबेदन र नवीकरण लगायतका कार्यका जिम्मेवारी तथा सदस्य संघहरुको विकास सम्बन्धि प्रस्ताव पारित गरेको महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य गोविन्द प्रसाद भट्टराइले जनाएका छन ।
त्यस्तै, विश्व पर्यटन दिवसको उपलक्ष्यमा (२६ सेप्टेम्बरमा) “दिगो पर्यटनका लागि खेलकुद विषयक अन्तराष्ट्रिय वेबिनार” को आयोजना गर्ने, योजना आयोग र यूवा तथा खेलकुद मन्त्रालयसंग खेलकुद र पर्यटन तथा खेलकुद र दिगो विकास लक्ष्यसंग सम्बन्धित वर्कशप/अन्तर्कृया आयोजना गर्ने तथा बागमती प्रदेश खेलकुद परिषद संगको सहकार्यमा पर्यटकीय र शाहसिक खेलकुद सम्बन्धि अध्ययन प्रतिबेदन तयार गर्ने जस्ता निर्णय समेत गरेको छ ।
बैठकले परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने र खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रका सरकारी, गैरसरकारी संघसंस्था/निकायहरुसंग सहकार्यको प्रस्ताव तयार गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि महासंघको कार्यालय अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको पुरानै स्थानमा संचालन गर्ने, प्रादेशिक महासंघको कार्य अगाडी बढाउने र त्यसको लागि महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिईएको छ । साथै, सम्बन्धित केहि राष्ट्रिय/अन्तराष्ट्रिय महासंघ/अभियानमा आवद्ध हुने, दिगो पर्यटन र विकासका लागि खेलकुद भन्ने ‘थिम’मा प्रदेश र स्थानीय सरकार तथा सरोकारवालासंग सम्पर्क, सम्बन्ध र सहकार्य अगाडी बढाउने निर्णय गरेको महासचिब सरोज पाण्डेले विज्ञप्ती मार्फत जनाएका छन ।
परम्परागत, शाहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई समेत समेटी केहि समय अगाडी जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिएको बताउँदै यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) लाई आभार व्यक्त समेत व्यक्त गरेको छ । वैठकले महासंघका अध्यक्ष भट्टारई राखेपको सदस्यमा नियुक्त हुन भएकोमा बधाई समेत दिएको छ ।
