काठमाडौंमा १० किमी रोड रेसको तयारी पुरा, ४ सयको सहभागिता

काठमाण्डौ सम्वाददाता । नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा आयोजना गर्ने बीर गणेशमान सिह 10 K Road Race को सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

चैत्र ७ गते बिहान दरवारमार्गबाट शुरु हुने उक्त प्रतियोगितामा करीव ५० महिला धाविका सहित ४०० भन्दा बढि खेलाडीहरुको सहभागिता हुने भएको जनाएको हो । उक्त प्रतियोगितामा बिभागीय टिम लगायत सिंगापुर पुलिस र भारतिय सेनाका खेलाडीहरुको सहभागीता रहने आयोजक कमिटीका राजन खत्रीले पोखरा स्पोर्टलाई बताए ।

पुरुष÷महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । छैटौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर समापन हुनेछ ।

प्रतियोगितामा गत वर्षका बिजेता एबं सागका स्वर्ण पदकधारी गोपिचन्द्र पार्की र सन्तोषी श्रेष्ठ आफनो उपाधि जोगाउन तल्लिन देखिने यस दौडमा नव प्रवेसी धावकहरुले कडा चुनौति दिने अडकलवाजी गरिएको आयोजकले जनाएको छ । कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । गोपीचन्द्रको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषीको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन् ।

रुट्स फेसन प्रा.लि.(एडिडास)को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ ।
Aha Rara Advt


Pokhara Marathon Advt

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close