ओलम्पिक डे स्क्वास : सेमीफाइनल समिकरण पुरा

पोखरा स्पोर्टस । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६, ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३, ११–२, दीपकले उमित शाक्यलाई ८–११, ११–९, ७–११, ११–४, ११–७ तथा अमिरले प्रवीण कंसाकारलाई ११–८, ११–४, ११–४ ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

यसैगरी, ५० वर्ष माथिको भेट्रान्स एकलमा लोकेन्द्र भण्डारीले रुपक ताम्राकारलाई ११–७, ११–८, ११–८, प्रवीण कंसाकारले कमल शाक्यलाई ११–२, ११–४, ११–०, दीपक अधिकारीले मनोज बहादुर श्रेष्ठलाई ११–४, ११–८, ९–११, ११–६ र विनोद शाक्यले विदुर धमलालाई ११–३, १३–११, ८–११, ११–७ ले पराजित गरे ।

महिला एकलमा कृष्णा थापाले अस्मिता नगरकोटी र भावना सुनुवारले सालिनी घिमिरेलाई समान ३–० स्कोरमा पराजित गरे । यी दुवै अन्तिम चारमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close