
पोखरा स्पोर्ट्स । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको पहिलो खेलमा आज पाकिस्तान र न्यूजील्याण्डबीच भिडन्त हुदैछ ।
श्रीलंकाको कोलम्बोमा हुने यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै न्यूजील्याण्डले पहिला बलिङ गर्ने भएको छ ।
यो खेलमा टस पछि फेरी बर्षा शुरु भएको छ र खेल समयमा शुरु हुन ढिलाई हुने भएको छ ।
यस खेलको प्लेइङ- ११ पाकिस्तान: साहिबजादा फरहान, साइम अयूब, सलमान आघा (कप्तान), बाबर आजम, उस्मान खान (विकेटकिपर), फकर जमान, शदाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शालमान मिर्जा र उस्मान तारिक ।
न्युजील्याण्ड: फिन एलन, टिम सिफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जेम्स नीशाम, म्याट हेनरी, लकी फर्ग्युसन र इश सोढ़ी ।