बगर भाई खलक ‘भेट्रान एट ए साइड फुटबल प्रतियोगिता’को तयारी सुरु

पोखरा स्पोर्टस । पोखरामा एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको १२औं संस्करणको भेट्रान्स फुटबल प्रतियोगिताको तयारी सुरु भएको हो ।

यहि माघ ३ गतेदेखि पुरानो टुंडिखेल स्थित राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा ‘प्रथम हिमालयन ब्रुअरी प्रा.लि तथा बाह्रौ संस्करण एट ए साइड फुटबल प्रतियोगिता’मा देश–विदेशका गरि २४ फुटबल टिम सहभागी हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

अग्रज खेलाडी खेम गुरुङ सम्मानित हुँदै

माघ ८ गते सम्म संचालन हुने प्रतियोगितामा अग्रजहरुलाई सम्मान समकालिनलाई व्यायाम र नयाँ पिंढीलाई खेल र स्वास्थ्य प्रति जागरुक बनाउन यस वर्ष पनि पूर्व राष्ट्रिय खेलाडी, सहारा क्लबका मानार्थ सदस्य, नेपाल भू.पु खेलाडी मञ्चका सल्लाहकार, एन्फा कास्कीका पूर्व अध्यक्ष र समाजसेवी खेम गुरुङलाई ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

आयोजकले यस्ता किसिमको प्रतियोगिता संस्थागत रुपमा नेपाल मै पहिलो पटक आफुहरुले नै शुरुवात गरेको दावी गर्दे प्रतियोगितामा भारतको देहरादुनबाट युके मास्टर्स, उत्तराखण्ड, काठमाण्डौ, विरगन्ज, हेटौडा, चितवन, वुटवल, नवलपरासी, सिमरा, वालिङ्ग लगायतका स्थानिय टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०/२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।

“स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने मूल नारालाई आत्मासात गरि विगत २०६८ साल देखि आयोजना हुदै आईरहेको प्रतियोगितामा यस पटक प्रमुख प्रायोजकको रुपमा हिमालयन बु्रअरी प्रा.लि जोडिएको आयोजकले बताएको छ । प्रमुख प्रायोजकको रुपमा रहेको ब्रुअरी प्रा.लि द्वारा उत्पादित काठमाडौ वियर, निन्जा वियर, आईसबर्ग बियर आदि उत्पादन बजारमा रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति पनि गठन गरिएको छ ।

प्रतियोगीताको संयोजकमा संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ रहेको छ । सहसंयोजकमा उपाध्यक्ष तेजबहादुर गुरुङ रहने गरि १ सय १ सदस्यीय मुल समिति गठन गरि विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।

प्रतियोगितामा सहारा युकेले द्धितिय पुरस्कारको प्रायोजन गरको छ भने युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका सह–प्रायोजकको रुपमा रहेको छ ।

भेट्रान ग्रुप हङ्गकङ्ग, अखिल नेपाल फुटबल संघ, बगर भाइ खलक जापान, पोखरा महानगरपालिका वडा नं.१ को कार्यालय, सहारा युके र स्व.रञ्जित गुरुङको परिवारले आर्थिक रुपमा सहयोग रहेको महासचिव याम बहादुर गुरुङले बताए ।

प्रतियोगितामा २४ लाख खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगिताबाट बचत रहेको रकम ८ वर्ष माथि १६ मूनिका विद्यार्थीहरुको फुटबल सम्बन्धी आवश्यक व्यवहारिक र शैद्धान्तिक ज्ञान दिने कार्यक्रममा खर्चिने आयोजकले बताएको छ ।

 एघारौ संस्करणको प्रतियोगितामा टि बर्गर जाउलाखेल च्याम्यिन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close