पाकिस्तान टी-२० विश्वकपको सुपर आठमा, सबै ८ देशको लाग्यो टुंगो

पोखरा स्पोर्ट्स ।  जारी टी-२० विश्वकपको सुपर आठमा पुग्ने आठ देशको टुंगो लागेको छ ।  बुधबार सम्पन्न खेलमा समुह ए अन्तर्गत पाकिस्तानले नामिबियालाई पराजित गर्दै प्रतियोगिताको सुपर आठमा पुगेको छ । पाकिस्तानले नामिबियालाई १०२ रनले पराजित गरेर सुपर आठमा पुगेको हो ।  

योसँगै समुह ए बाट भारत र पाकिस्तान, समुह बी बाट श्रीलंका र जिम्बाबे, समुह सी बाट वेस्ट इण्डिज र इङल्याण्ड तथा समुह डी बाट दक्षिण अफ्रिका र न्यूजील्याण्ड सुपर आठमा पुगेका छन् ।

साथै समुह चरणबाट २०२१ को विश्वकप विजेता अस्ट्रेलियासहित १२ देश बाहिरिएका छन् । जसमा समुह ए बाट अमेरिका, नेदरल्याण्डस र नामिबिया, समुह बी बाट अस्ट्रेलियासहित आयरल्याण्ड र ओमान, समुह सी बाट नेपाल, इटाली र स्कटल्याण्ड र समुह डी बाट अफगानिस्तान, युएई र क्यानडा प्रतियोगिताको समुह चरणबाट बाहिरिएका छन् ।

अब समुह चरणका खेल शुक्रबारसम्म हुने छन् भने सुपर आठका खेल शनिबारदेखि शुरु हुने छन् । सुपर आठमा हरेक टिमले ३-३ खेल खेल्ने छन् ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close