कास्की फेन्सिङ संघको अध्यक्षमा पोखरेल निर्वाचित

पोखरा स्पोर्टस । कास्की फेन्सिङ संघको अध्यक्षमा अमृत पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा शुक्रबार सम्पन्न प्रथम अधिबेशन तथा साधारणसभाले पोखरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा चिजा पुन, सचिवमा केशव नेपाल र कोषाध्यक्षमा दुर्गा थपलिया तिमिल्सिना सर्वसम्मत निर्वाचित भए ।

त्यसै गरी संघको कार्यसमिति सदस्यमा सूर्यप्रसाद पोखरेल, रमेश बास्तोला, मुगा आचार्य र रन्जु बराल रहेका छन् ।

यस अघि अधिवेशन तथा साधारणसभाको उद्घाटन जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश फेन्सिङ संघका सदस्य शिव शर्मा, महेश पौडेल, मनिषा गुभाजुलगायतको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close